राजनीति

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिँदै

जगत ठाडा मगर
२०७८ अशोज २० | बिहान ११:०६ बजे

जनकपुरधाम, २० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । बुधबारका लागि बोलाइएको प्रदेश सभा बैठकमा उनले विश्वासको मत माग्ने बताइएको छ ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । प्रदेश सभाको समिकरण हेर्दा उनले सहजै विश्वासको मत पाउनेछन् ।
उनी प्रदेश सभामा जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता पनि हुन् ।

मुख्यमन्त्री राउतलाई केन्द्रका सत्ता साझेदार दलहरूको समर्थन रहनेछ । १ सय ४ सदस्यीय प्रदेश सभामा जसपाका ३८, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ र नेकपा (एकीकृत समाजवादी) का १३ गरी ७८ जना सांसद राउतको पक्षमा छन्।

कमेन्टहरु