राजनीति

भाजपाको निमन्त्रणामा कांग्रेसका नेता डा.प्रकाशरण महतको नेतृत्वमा बिहीबार भारत जादै

जगत ठाडा मगर
२०७८ अशोज २० | बिहान १०:०६ बजे

काठमाडौं । भारतीय जनता पार्टी (बिजेपी)को निमन्त्रणमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता भारत जाने भएका छन्। पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा बिहीबार टोली भारत जान लागेको हो।

टोलीमा कांग्रेस नेता अजय चौरासिया र उदय शमशेर राणा पनि छन्।नेता महतले भाजपाकै निमन्त्रणामा जान लागेको बताए। उनले भने, ‘दुई पार्टीबीचको सम्बन्ध विस्तार र सुमधुर कायम होस् भन्ने उनीहरुको पनि उदेश्य हो। छिमेकी राष्ट्रको साईनो हाम्रो छदैँछ, त्यसकारण पनि जान लागेका हौँ।’

यस अघि भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाको टोलीले नेपाल भ्रमण गरिसकेको छ। भ्रमणका क्रममा प्रमुख राजनीतिक दलका नेतासँग भेट गरेका थिए।

भाजपा नेपालका राजनीतिक दलसँग सम्बन्ध विस्तार गर्न खोजिरहेको देखिन्छ। यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवालाई भने अहिलेसम्म औपचारिक भारत भ्रमणको निम्तो भने भारतले दिएको छैन।

कमेन्टहरु