लायन्स क्लब आफ कृष्णनगरद्वारा शैक्षिक सामग्री वितरण

जगत ठाडा मगर
२०७८ अशोज १९ | मध्यान्ह ०८:०६ बजे

कृष्णनगर । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको श्री लौटनराम द्रौपदी देवी माध्यमिक विद्यालयका ५६ जना विद्यार्थीलाई लायन्स कल्ब आफ कृष्णनगर डि. ३२५ बी २ नेपालले शैक्षिक सामाग्री वितरण गरेको छ l
उक्त शैक्षिक सामाग्री विद्यालयका प्रधानाध्यापक श्याम प्रकाश चौधरी, लायन्स कल्बका पदाधिकारीहरू मार्फत वितरण गरिएको जानकारी प्रमुख अतिथिको चीफ डिस्ट्रिक एडवाइजर लायन दिनेश चन्द गुप्ताले बताए l
लायन्स कल्ब आफ कृष्णनगरका अध्यक्ष
श्याम कुमार मिश्र, लायन असलम खान, लायन अनिल कुमार, विजय वनिया, लायन देवराज भारती लगायतको वितरण कार्यमा सहभागिता रहेको थियो l






















