देश

कोभिसिल्ड खोपको १० लाख डोज शनिबार नेपाल ल्याइदै

जगत ठाडा मगर
२०७८ अशोज १९ | मध्यान्ह ०७:०६ बजे

काठमाडौ । शनिबार कोभिसिल्ड खोपको १० लाख डोज नेपाल ल्याइने भएको छ । नेपालले भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको खोपमध्ये बाँकी १० लाख डोज आउन लागेको हो ।

नेपालले फागुन ५ मा भारतसँग २० लाख डोज खोप खरिदको सम्झौता गरेको थियो । त्यसबेला भारतले आफ्नै देशमा खोप खपत हुने भएकाले नेपाललगायत अन्य मुलुकलाई बिक्री गर्न नसक्ने भन्दै खोप वितरण स्थगित गरेको थियो । पछिल्लो समय भारतमा कोरोना संक्रमण दर घट्दै गएको र खोप निर्यात गर्न सक्षम भएकाले स्थगित गरिएका मुलुकमा अब खोप वितरण गर्ने घोषणा गरिएको छ ।

सोही घोषणाबमोजिम नेपालसँग सम्झौता गरिएको १० लाख डोज खोप शनिबारसम्म नेपाल आइपुग्ने बताइएको छ ।

कमेन्टहरु