सूचना / प्रबिधि

रुखमा डेरा बनाएर पढ्ने धनकुमारले पाए पकेट वाईफाई

जगत ठाडा मगर
२०७८ अशोज १९ | मध्यान्ह ०६:०६ बजे

बिनोद निगम
नवलपरासी । कोरोना महामारीले विद्यालयमा बन्द भएपछि रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका धनकुमार मगरलाई नेपाल टेलिकमले पकेट वाईफाई डिभाइस उपलब्ध गराएको छ ।

अर्खौलेकै सरस्वती मावि कक्षा १० मा अध्ययनरत धनकुमारले घरमा टेलिकमको डाटा नचलेपछि रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागि भएका थिए । धनकुमारलाई नेपाल टेलिकम, ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीले पकेट वाईफाई डिभाइस प्रदान गरेका हुन् ।

टेलिकमले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा नयाँ टावर राखिएको छ । यो संगै फोरजीको नयाँ टावर सञ्चालनमा आएको छ । पकेट वाईफाई डिभाइसमा टेलिकमको सीम राखेर वाईफाई चलाउन सकिन्छ । उनका लागि विराटनगरबाट डिभाइस ल्याइएको हो ।

कमेन्टहरु