अपहरण तथा शरीर बन्धक आरोपमा दुई जना पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज १९ | मध्यान्ह ०५:०६ बजे

काठमाडौ । अपहरण तथा शरीर बन्धक आरोपमा काठमाडौबाट दुई जना पक्राउ परेक छ्न । पक्राउ पर्नेमा भक्तपुर ठिमी नगरपालिका -६ का बर्ष ३७ धिरोज श्रेष्ठ र भक्तपुर, चाँगुनारायण न.पा. वडा नं. १ का बर्ष २० को रसिल अवाल रहेक छ्न ।
उनिहरुलाई काठमाण्डौ जिल्ला चन्द्रागिरी न.पा वडा नं. ३, थानकोटमा डेरा गरी बस्ने निरमान भोम्जनको डेरा कोठाबाट निजको श्रीमतीलाई जबरजस्ती डर त्रास देखाई अपहरण गरी बन्धक बनाएको आरोपमा पक्राउ गरेको हो ।
घटना लगतै अनुसन्धानको सिलसिलामा महाशाखाबाट खटिएको अनुसन्धान टोलीले मिति पिडितलाई १७ गते उद्दार गरि घटनामा संलग्न धिरोज श्रेष्ठ र रसिला अवाललाई पक्राउ गरेको हो । पक्राउ पर्ने दुबै जनालाई काठमाडौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको प्रहरी बताएको छ ।






















