कृष्णनगर नगरपालिकाकाे बहादुरगंजमा हैजाको कारणले दुई जनाकाे मृत्यु


घनश्याम यादव
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका अन्तर्गत बहादुरगंजमा हैजा लागेर दुई जनाको मृत्यु भएको छ ।
उक्त नगरपालिका अन्तर्गत पर्ने बहादुरगंज र यहाका आसपास देवानगढिया, जमुनी, सुखरामपुर, दयानगर, बभनपुरवा, जुमिला, विजयनगर लगायतका गाउँहरुमा गए रातिदेखि नै झाडा पखाला र उल्टी हैजा जस्ता रोगहरुको लक्षण बढेकाले बिरामीको चाप बढेको छ ।
मृतक दुई जनाले शुरुआतमा निजि क्लिनिकमा उपचार गराएपछि उनीहरुको स्तिथि बिग्रिदै गएकाले ६ बर्षका बच्चा शिवराज अस्पताल पुर्याउदा मृत्यु भएका हो भने अर्का एकजना निजि क्लिनिकमै उपचार गर्ने क्रममा मृत्यु भएकाे स्राेतले जनाएकाे छ ।
शिवराज अस्पतालका मेसु. मुकेश चाैधरीको अनुसार खराब पानी, सरसफाइकाे कमी अथवा साेमबार बजारका दिनमा बिग्रेका माछाहरु खाएपछि बिरामी भएका अधिकांशकाे भनाई रहेको र सिमित जनशक्तिका कारण चाैबिसै घण्टा खटेर उपचार गरिरहेको चौधरीले बताउनुभयो । पहिलेभन्दा अहिलेको अवस्था अलि राम्रो छ ।
अस्पतालमा बिरामीहरुको संख्या घट्दै गएकाले स्थिति केही सकुशल हुदै गएकाे चाैधरीले बताएका छन् । पन्ध्र बेड मात्रकाे शिवराज अस्पतालमा अहिले ग्यालरी बाहिर, टेबल र जमिनमासमेत उपचार गर्नुपरेकाे अवस्था रहेको छ । आज स्थिति नियन्त्रण नभएपछी बिरामीहरु बाहिर जाने अवस्था देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुबाट सहयोग मगाइएकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनु भएको हो ।






















