उपचारका धनगढी ल्याउँदै गर्दा बाजुरा कारागारका कैदीको मृत्यु

जगत ठाडा मगर
२०७८ अशोज १९ | मध्यान्ह ०४:०६ बजे

धनगढी । बाजुरा कारागारमा कैद भोग गरिरहेका एक कैदीको उपचारका लागि धनगढी ल्याउँने क्रममा मृत्यु भएको छ। जिल्लाको बुढिगंगा नगरपालिका ८ बस्ने दलबहादुर थापाको उपचारका लागि धनगढी ल्याउँदै गर्दा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार जिल्ला अस्पताल बाजुराबाट रेफर गरेपछि थापालाई धनगढी ल्याईदै थियो। यसक्रममा अछामको चौखुट्टे नजिकै सोमबार राति मृत्यु भएको छ। थापाको शव पोष्टमार्टम लागि अछाम अस्पतालमा राखिएको छ। तर, आफन्तले भने कारागारको लापरवाहीका कारण मृत्यु भएको भन्दै छानविन गर्नुपर्ने बताएका छतन्।
कागारागारले समयमै उपचारका लागि नलग्दा मृत्यु भएको आफन्तको आरोप छ। यता कारागारले भने कमजोरी नभएको जनाएको छ।






















