देश

सुन तस्करीका नाइके गोरेसहित ६ जनालाई जन्मकैद फैसला

जगत ठाडा मगर
२०७८ अशोज १९ | मध्यान्ह ०४:०६ बजे

बिराटनगर । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले चूडामणि उप्रेती गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो। यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ।

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय गरिएको छ। फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको छ। अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको छ।

कमेन्टहरु