समाज

गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीकाे टीम, भारतका केन्द्रिय वित्त राज्य मन्त्री माननीय पंकज चाैधरीको निबास पुगे

जगत ठाडा मगर
२०७८ अशोज १९ | मध्यान्ह १२:०६ बजे

नवलपरासी । नवलपरासीको विभिन्न गाउँहरू वर्षेनी वर्षाको कारण डुवान र नदीको अनियन्त्रित बहावको कारण खेत बारी र जमीन कटान हुन् थालेको बर्षौ भइसक्दा पनि त्यहाँका किसानहरु र जिल्लावासीले भोग्दै आएको समस्याप्रति सरकार गम्भीर नभएपछि
गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीकाे टीम भारतका केन्द्रिय वित्त राज्य मन्त्री माननीय पंकज चाैधरीसित उनकाे निवास भारत महराजगञ्जमा पुगेका छन ।

उनलाई भेटेर नदी नियन्त्रण र समस्या बारे आबश्यक विषय राखेका छन । मन्त्री चौधरीले गण्डक समस्याबारे भारत सरकारसँग अनुरोध गरेर समाधानको प्रयास गर्ने आश्वासन समेत दिनुभएको छ ।

कमेन्टहरु