पश्चिम नवलपरासी प्रहरीद्वारा मोबिल बोकेको पिकअप गाडी सहित ९ लाख ३३ हजार मूल्यको मोबिल पक्राउ


सुरेश यादव
नवलपरासी/ असोज १८ । पश्चिम नवलपरासी प्रहरीले जिल्लाको सीमावर्ती क्षेत्रबाट पिकअप गाडीसहित विभिन्न ब्रान्डका सवारीसाधनमा प्रयोग हुने मोबिल पक्राउ गरेको छ ।
जिल्लाको सुस्ता गाउँपालिकाको वडा नं. ५ रतनगजबाट प्रहरीले उक्त पिकअप गाडीसहित मोबिल पक्राउ गरेको हो । भारतबाट नेपाल भित्राउँदै गरेको अवस्थामा जिल्लाको सुस्ता गाउँपालिकाको वडा नं. ५ रतनगजबाट लु १ ज ४६२८ नम्बरको पिकअप गाडीमा सावरी साधनमा प्रयोग गरिने ९६४ लिटर मोबिल गाडी र चालक सहित जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरिएको डिएसपी राजु लामाले जानकारी दिनुभयाे ।
उनको अनुसार ४ लाख ३३ हजार मोबिल र ५ लाख गाडीको मूल्य गरी ९ लाख ३३ हजार बराबरको पक्राउ गरिएको छ । प्रहरीले पिकअप गाडी चालकलाई समेत नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
उक्त मोबिल र पिकअप गाडी सहित आवश्यक कारबाहीकाे लागि महेशपुर भन्सार कार्यालय चालन गरिएको डिएसपी लामाले जानकारी दिनुभयाे ।






















