चाडपर्व नजिकिएसँगै गोरखामा प्रहरीले बढाउन थाल्यो गस्ती

जगत ठाडा मगर
२०७८ अशोज १८ | मध्यान्ह ०८:०६ बजे

अन्जना बिश्वकर्मा
गोरखा । चाडपर्व नजिकिएसँगै जिल्ला प्रहरी कार्यालय गोरखाले गस्ती बढाउन थालेको छ । विशेषगरी रातको समयमा बजार क्षेत्रमा गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।
‘चाडबाडको समयमा चोरी, लुटपाटजस्ता आपराधिक क्रियाकलाप हुन सक्छन्,’ उनले भने, ‘त्यसलाई मध्यनजर गर्दै सुरक्षा रणनीति पनि बनाएका छौं ।’






















