देश

सामाजिक सञ्जालमार्फत ठगी गर्ने पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज १८ | मध्यान्ह ०७:०६ बजे

सिरहा, १८ असोज । भाइबर, इमो, म्यासेन्जर लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

भाइबर, इमो, ह्वाट्सएप, फेसबुक जस्ता सामाजिक सञ्जालका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगी गर्ने गिरोहलाई सोमबार सिरहा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका वडा नम्वर ८ बस्ने ३५ वर्षीय दिपेन्द्र दास रहेका छन् । उनले बैंकको खाता नम्वर दिएर ८ लाख ६५ हजार रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी प्रवक्ता सुभाव बुढाथोकिले जानकारी दिए । पक्राउ परेका दास विरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु