देश

जापान सरकारद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरण

जगत ठाडा मगर
२०७८ अशोज १८ | मध्यान्ह ०३:०६ बजे

काठमाडौ । नेपाललाई जापान सरकारले ६ वटा एम्बुलेन्स प्रदान गरेको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै कोभिड–१९ को रोकथाम र नियन्त्रणमा जापान सरकारले गरेको सहयोगको प्रशंसा व्यक्त गरे । उनले नेपाल र जापानबीच निरन्तर सहयोग आदानप्रदान हुनुपर्ने बताए । जापान सरकारले दिएका एम्बुलेन्स मन्त्रालयले आजै नेपाल एम्बुलेन्स सेवालाई प्रदान गरेको छ ।

एम्बुलेन्स सेवाका अध्यक्ष डा. प्रदीप वैद्यले प्राप्त एम्बुलेन्समा एक इमर्जेन्सी मेडिकल टेक्निसियनसहितको प्राथमिक स्वास्थ्य उपचारसमेत गरिने बताएका छन् ।

कमेन्टहरु