राजनीति

लोसपा सरकारमा जाने सम्भावना छैन : अध्यक्ष ठाकुर

जगत ठाडा मगर
२०७८ अशोज १८ | मध्यान्ह ०२:०६ बजे

सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु तत्काल सरकारमा जाने सम्भावना नभएको बताएका छन् ।

अध्यक्ष ठाकुरले सरकारमा सहभागी हुन कुनै अफर नआएको र आफूहरुले पनि माग नगरेको बताए । ‘हाम्रो प्राथमिकता माग र मुद्दा हो’ उनले भने, ‘हामीले हाम्रो मुद्दाको सम्बोधन होस् भन्न चाहेका हौं ।’ तत्कालिन नेकपाको बहुमत सरकार आफ्नै पार्टीका कारण ढलेको र अहिलेको गठबन्धन सरकारमा पनि विवाद शुरु भएको अध्यक्ष ठाकुरले बताए ।

‘एमसीसीलाई लिएर तथा मन्त्रिपरिषदमा भागबण्डालाई लिएर विवाद शुरु भएको छ’ ठाकुरले भने, ‘सबै खेल सत्ताकै लागि भइरहेको छ । हामी भने मुद्दा सम्बोधनको पक्षमा छौं ।’

कमेन्टहरु