इटलीको खाली भवनमा विमान ठोक्किदा आठ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ अशोज १८ | मध्यान्ह ०१:०६ बजे

काठमाडौ । इटलीको मिलान शहरको एउटा खाली भवनमा एक निजी विमान ठोक्किदा विमानमा रहेका सबै आठ जनाको मृत्यु भएको छ ।
मिलानको लिनेट विमानस्थलबाट सर्दिनिया टापुको लागि उडेको जहाज दुर्घटना भएको हो । इटालियन सञ्चारमाध्यमका अनुसार अर्बपति रोमानी पाइटल डन पेट्रेस्कु, उनको श्रीमति र छोरासहित जहाजमा सवार यात्रुको मृत्यु भएको हो ।
विमान भवनमा ठोक्किएपछि आगलागी भएको थियो । आगलागी भएपछि त्यहाँ पार्किङ गरिएका थुप्रै कारहरू जलेका छन् । दुर्घटनाको अनुसन्धान सुरु गरिएको छ ।
केही प्रत्यक्षदर्शीले सिङ्गल–इन्जिन पाइलेटस–१२ विमान खस्नुभन्दा पहिले नै आगो लागेको बताएका छन् । बीबीसीबाट






















