देश

नेपाली कांग्रेस कालिकोटको सभापतिमा अम्बबहादुर शाही

जगत ठाडा मगर
२०७८ अशोज १८ | बिहान ०८:०६ बजे

सुर्खेत । नेपाली कांग्रेस कालिकोटको सभापतिमा अम्बबहादुर शाहीलाई सर्वसम्मत चयन गरेको छ । आइतबार बसेको नेपाली कांग्रेस कालिकोटले शाहीलाई सर्वसम्मत चयन गरेको हो । नेपाली कांग्रेस कालिकोटको सातौ जिल्ला अधिबेशनबाट उपसभापतिमा देउवा पक्षका मीनबहादुर बोगटी र नन्दबहादुर शाही (घमन) सचिवमा युवा नेता नगेन्द्र बिष्ट, र मात्रिका सिंह चयन भएका छन ।

अन्य जिल्ला कार्य समिति र महासमिति सदस्यहरु पनि सहमति नै चयन गर्ने सहमति भएको कांग्रेस कालिकोटका सचिव नगेन्द्र बिष्टले बताए ।

सभापति भएका शाही नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन भने उपसभापति भएका बोगटी प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । अर्का उपसभापति शाही पौडेल पक्षका हुन् । सचिव विष्ट पौडेल पक्षका हुन् भने सिंह देउवा पक्षका हुन् ।

कमेन्टहरु