कपिलवस्तुमा स्राेत नखुलेकाे लगभग २३ लाख बरामद

जगत ठाडा मगर
२०७८ अशोज १८ | बिहान ०६:०६ बजे

कपिलवस्तु । कपिलवस्तु प्रहरीले स्राेत नखुलेकाे लगभग तेईस लाख नेपाली रुपैयाँ कृष्णनगरमा बरामद गरेकाे छ । आइतबार दिउसाे २ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पाैडेकसहितकाे टाेलीले वडा २ अवस्थित बसपार्कमा शंकास्पद कालाे झाेला देखिएपछि चेकजाँच गर्दा २२ लाख ९१ हजार ८ सय नेपाली रुपैयाँ बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ ।
स्राेत नखुलेकाे रकम बुद्धभुमी नगरपालिका वडा नं. ९ धमौली बस्ने बर्ष २२ को जिवन प्रसाद भुसालले बाेकेकाे एक हजारकाे २० गड्डी, पांच सयकाे ६ गड्डि र एक सयकाे ३ नाेट सहित भुषाल नियन्त्रणलाई लिई आवश्यक अनुसन्धान पश्चात राजश्व अनुसन्धान बिभाग बुटवलमा पठाउने प्रहरीले जानकारी गराएकाे छ।






















