कस्तुरीको विनासहित नागढुंगाबाट एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज १७ | मध्यान्ह ०३:०६ बजे

अन्जना बिश्वकर्मा
गुल्मी १७, असोज । संरक्षित वन्यजन्तु कस्तुरीको विनासहित प्रहरीले काठमाडौंको नागढुंगाबाट एक जनालाई पक्राउ गरेको छ । नुवाकोट किसपाङ गाउँपालिका–८ का ५१ वर्षीय सार्की घलेलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार साँझ त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ५९९ नम्बरको बसलाई नागढुंगा चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा घलेले बोकेको झोलामा १९ ग्राम तौलको विना फेला परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।






















