सूचना / प्रबिधि

चितवनभर नेट सेवा अवरुद्ध, कार्यालयदेखि बैंक वित्तीय संस्थाका काम ठप्प

जगत ठाडा मगर
२०७८ अशोज १७ | मध्यान्ह १२:०६ बजे

चितवन । नेपाल विद्युत प्राधिकरणले शनिबार पोल भाडा नतिर्ने ईन्टरनेट सेवा प्रदायकको तार काटेपछी सेवा प्रदायकले आज आइतबार नेट सट डाउन गरेका छन् ।

पोल भाडा तिरिसकेका सेवा प्रदायकले पनि ईन्टरनेट सट डाउन गरेपछी जिल्लाभर ईन्टरनेट अवरुद्ध भएको छ । सरकारी कार्यालयदेखि बैंक तथा वित्तीय संस्थाका सबै सेवा ठप्प भएपछी चितवनका सिडिओ आस्मान तामाङले सेवा प्रदायक र प्राधिकरणका कर्मचारीलाई छलफलका लागि बोलाएका छन् ।

कुनै पनि बहानामा ईन्टरनेट सेवा अवरुद्ध गर्न नहुने भन्दै उनले छलफलबाट सहमति गरी ईन्टरनेट सेवा सुचारु गरिने बताए । इन्टरनेट अवरुद्ध भएपछी सरकारी कार्यालय र बैंक लगायत विभिन्न क्षेत्रका सेवाग्राहीले दुख पाएका छन ।

प्राधिकरणको भरतपुर बितरण केन्द्रले शनिबार पोल भाडा नतिर्ने ठूला ईन्टरनेट सेवा प्रदायकको तार काटेको थियो । त्यसलगत्तै सेवा प्रदायकका कर्मचारीहरुले बिरोध र्याली निकालेका थिए । पोल भाडा तिर्ने बिषयमा सेवा प्रदायक र प्राधिकरण बीच बिबाद रहंदै आएको छ ।

कमेन्टहरु