यौन धन्दा संचालन गर्ने होटेल संचालकसहित दुई महिला पक्राउ


सिराहा । सिरहाको गोलबजारस्थित रहेको न्यु ग्रीनलयान्ड होटलबाट आपत्ति जनक अवस्थामा २ महिला र ४ पुरुष सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राती करिब ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सिराहा र ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटि गएको संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिकाको वडा नं ४ र ६ मा रहेको होटलको अनुगमनका क्रममा २ महिलासहित ६ जनालाई नियन्त्रणमा लिएका छन् । पक्राऊ परेकाहरु यौन धन्दामा संलग्नरहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका थिए ।
गोलबजारमा रहेको न्यू ग्रिल्याण्ड होटलका सञ्चालक जिबछ शाह र मोहन होटलको सञ्चालक राजकुमार शाह सहित कल्याणपुर नगरपालिका वडा नं १० का राजन पासवान र सोही नगरपालिकाको वडा नं १२ का सतीश महरालाई नियन्त्रणमा लिएका छन् ।
पक्राउ गरिएका २ युवतीको नाम गोप्य राखी सबैलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखी आबश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारले यौनधन्दा चलाउने गरेको विशेष सुचनाको आधारमा होटेलमा छापामारी होटल सञ्चालन सहित ६ जनालाई नियन्त्रणका लिएको प्रहरीले जनाएको छ ।






















