देश

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

जगत ठाडा मगर
२०७८ अशोज १७ | बिहान ११:०६ बजे

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन्।

आइतबार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्ष सिंह हुने निर्णय सुनाएका हुन्। क्रान्तिकारीको अध्यक्षमा मुख्य दाबेदार पञ्चा सिंह र सुरेन्द्र बस्नेत थिए।

२२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट सिंह अध्यक्ष बनेको औपचारिक घोषणा गरिने बताइएको छ। पहिलो पटक अखिल क्रान्तिकारीको अध्यक्ष महिला बनेकी हुन्।

कमेन्टहरु