सक्रिय पत्रकार बिनोद मण्डल नागरिक मञ्चको गठन गर्दै


सुरेश यादब
सिराहा । नेपाल पत्रकार महासंघ सिराहा शाखाको सदस्य बिनाेद मण्डल पत्रकारिता क्षेत्रमा निरन्तर रूपमा लागिरहेका छन् । गत भदौ १३ गते गोलबजार र धनगढी माई नगरपालिकाको सिमानामा पुर्व पश्चिम राजमार्गको गागन पुलको पूर्वमा रहेको खाल्डोमा रातको ८ बजेको समयमा दुर्घटना हुँदा गम्भीर घाइते भएका मण्डलको दाया हात भाँचिएको थियो ।
घटनास्थलबाट नेपाल पत्रकार महासंघ सिराहा शाखाको उपाध्यक्ष गणेश प्रसाद शाहको सहयोगमा उनलाई मिर्चैया स्थित मंगलम हस्पिटलमा भर्ना गरी उपचार गराइएको थियो । निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेका मण्डललाई देश विदेशबाट सुस्वास्थ्यको कामना गर्दै आएको थियो भने, बिरामी अवस्थाका मण्डललाई तत्कालीन अवस्थामा नेपाल पत्रकार महासंघ सिराहा शाखाको उपाध्यक्ष गणेश प्रसाद साहले उनको निवासमा गएर स्वास्थय अवस्थाका बारेमा निरन्तर जानकारी लिइरहनु भएको थियो ।
सक्रिय पत्रकार घाईते अवस्थामा नवलपुर टुडेको माध्यमबाट सिराहाको धनगढी माई ११ नैनपुरमा रहेको दुर्गा मन्दिरको जग्गा फिर्ता गराउनमा महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो । असोज १५ गते हातको ब्यान्डेज खोलेपछि उनी पुन: निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय रूपमा काम गर्न थालेका छन् । दुर्गा मन्दिर परिसरमा नागरिक मञ्चको गठन गर्दै पुन सक्रिय भएका छन् ।
नैनपुरको दूर्गा मन्दिर परिसरमा नागरिक मञ्च गठनको क्रममा नेपाल पत्रकार महासंघ सिराहा शाखाको अध्यक्ष मनोज बनैता, बरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ता, रेडियो नेपालको सिराहा संवाददाता संजय विश्वकर्मा, समाद एफएम लहानका पत्रकार सम्भु चौधरी, लगायतका सहभागितामा उक्त मञ्च गठन भएको हो । मञ्च गठनपछि पत्रकार जिल्ला कार्यसमितिका पदाधिकारी तथा सिराहा नागरिक मञ्चको संयोजक रहमुल पत्रकार मण्डलको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ६ स्थित घरमा पुगेर आवस्यक जानकारी लिनु भएको छ ।
भेटघाटको क्रममा मण्डलले आफू निरन्तर लागिरहेको बताउनु भएको छ ।
पत्रकारको टोली शनिबार करिब ५ बजे बेलुका उनको निवासमा पुगेको थियो भने, सामान्य भेटघाटपछि सबै पत्रकारहरु लहान फर्किएको मण्डलको पारिवारिक श्रोतले जनाएको छ ।






















