कांग्रेस, एमाले र माओवादीका सयौं नेता कार्यकर्ता जसपामा प्रवेश, नेता यादवले स्वागत


सिरहा । सिरहामा विभिन्न पार्टी परित्याग गरि सयौं जनाले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
सिरहाको कल्याणपुर नगरपालिका-५ चिकनामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सयौं जनाले जसपा प्रवेश गरेका हुन् । जसपामा प्रवेश गर्नेहरू नेपाली कांग्रेस, एमाले र माओवादीका नेता कार्यकर्ता हुन् ।
यसमध्ये एकजना प्रमोद यादव कांग्रेसका वडा सभापति नै हुन् । उनको स्थानीय स्तरमा राम्रो पक्कड छ । उनीहरूलाई जसपाका शीर्ष नेता तथा प्रतिनिधिसभा सांसद राजकिशोर यादव र प्रदेश सांसद सुरेश कुमार मण्डलले संयुक्त रुपमा पार्टीमा स्वागत गरे ।
देशका सबै राजनीतिक दललाई जनताले चिनिसकेको भन्दै जसपाप्रति जनाकर्षण बढ्नु स्वभाविक रहेको नेता यादवले बताए । अबको देशको वैकल्पिक राजनीतिक शक्ति जसपा नै रहेको भन्दै उनले जनताले साथ दिए मात्रै देशलाई समृद्ध बनाउने सपना पूरा हुने धारणा राखे ।






















