राजनीति

मुख्यमन्त्रीको कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जसपाको मसाल जुलुस

जगत ठाडा मगर
२०७८ अशोज १६ | मध्यान्ह ०८:०६ बजे

सप्तरी, १६ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशका आठै जिल्लामा विरोध प्रदर्शन गरेको छ । शनिबार दिउँसो सदरमुकामहरूमा जसपाका नेता तथा कार्यकर्ताहरूले अख्तियारको छापामारीविरुद्ध मसाल जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो ।

जुलुसमा सहभागी नेता तथा कार्यकर्ताहरूले ‘कसैको इसारामा छापा मार्न पाइँदैन, संघीयतामाथि प्रहार गर्न पाइँदैन, अख्तियार प्रमुख होसियार, देशद्रोही अख्तियार मुर्दावाद, अख्तियार प्रमुख राजीनामा दे’ लगायत नारा लगाउँदै नगरको परिक्रमा गरेको थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले मुख्यमन्त्री कार्यालयमा बुधबार छापा मारेको थियो । मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत साइकल वितरण कार्यक्रममा अनियमितता भएको भन्ने उजुरीको आधारमा अख्तियारले छापा मारेर सो सम्बन्धित कागजात नियन्त्रणमा लिएको थियो ।

कमेन्टहरु