सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


विनोद मण्डल
सिरहा । सिरहाको धनगढी कृषि बजारको भवनमा मासुको लागि स्वस्थ्य खसी बोका उत्पादन उप आयोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
साना किसान कृषि सहकारी संस्था लि, धनगढीमाई १० काे आयोजना तथा नेपाल लाइफ स्टक सेक्टर इनोभेशन आयोजना हेटौंडाको सहयोगमा आयोजित कार्यक्रमका प्रमुख अतिथि मेयर हरिनारायण चौधरी लगायत मशीलाल शाह, कृषि विकास शाखा प्रमुख धनगढी माई रामजगत ठाकुर, पशु विकास शाखा लक्ष्मीपुर पतारी गाउँपालिका जीब नारायण यादव, (पशु सेवा प्रमुख, गणेश प्रसाद साह नेपाल पत्रकार महासंघ सिराहा शाखा उपाध्यक्ष, संजय यादब रेडियो आकाश गंगा, मनोज बनैता, नेपाल पत्रकार महासंघ सिराहा शाखा अध्यक्ष, बरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ता लागायतका उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता बिना महतोले गर्नुभएको थियो भने, कार्यक्रमको शुरुमा राष्ट्रिय गान बजाई थालिएको सुनुवाइमा स्वागत मन्तव्य संस्थाका शेयर सदस्य रेखा कुमारी राईले गर्नु भएको थियो ।
करिब ३ सय सहभागी रहेको कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो । भने साना किसान कृषि सहकारी संस्था लि. को हाल धनगढीमाई नगरपालिका भित्र सञ्चालित कार्यक्रमहरु प्रभावकारी रहेको सहभागीले प्रतिक्रिया दिएका छन् ।






















