एमाले प्रतिनिधिहरुको प्रश्न : एमसीसीबारे पार्टीको धारणा के हो ?

जगत ठाडा मगर
२०७८ अशोज १६ | मध्यान्ह ०७:०६ बजे

अन्जना बिश्वकर्मा
काठमाडौ । नेकपा एमाले विधान महाधिवेशनका प्रतिनिधिहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पार्टीको धारणा प्रष्ट पार्न माग गरेका छन् ।
ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि भएको समूहगत छलफलमा नेताहरुले एमसीसीबारे धारणा मागेका हुन् ।
केन्द्रीय निकाय तथा विभागहरुको टोली नेता भानुभक्त ढकाल, बागमतीका आनन्द पोखरेल लगायतले एमसीसीबारे पार्टीको धारणा मागेका हुन् ।






















