देश

बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

जगत ठाडा मगर
२०७८ अशोज १६ | मध्यान्ह ०४:०६ बजे

बुटवल । रुपन्देहीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । जिल्लाको ओमसतिया गाउँपालिका–१ लखनचोकका २६ वर्षीय दिपक परियारको आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर अशक्त भएका परियारको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

गत हप्ता पनि बुटवलमा होडिङ बोर्डमा वाइरिङ्ग गर्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको थियो ।

कमेन्टहरु