त्रिशुली नदीमा एक पुरुषको शव फेला, पहिचान हुन सकेन

जगत ठाडा मगर
२०७८ अशोज १६ | मध्यान्ह ०२:०६ बजे

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी नजिक त्रिशुली नदीले बनाएको खाल्डोमा भरिएको पानीमा एक पुरुषको शव फेला परेको छ ।
नदीले बगाएर ल्याई तालिएको पानीमा तैरिएको अवस्थामा अन्दाजी ३०/३२ वर्षको पुरुषको शव शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
शवको पहिचान हुन नसकेको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताए । कसैले चिनेको भए इलाका प्रहरी कार्यालय मुग्लिङ वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।






















