समाज

उच्च रक्तस्रावले गर्भवतीको मृत्यु

जगत ठाडा मगर
२०७८ अशोज १६ | बिहान १०:०६ बजे

अछाम । उच्च रक्तस्रावका कारण अछाममा एक गर्भवतीको मृत्यु भएको छ । अछाममा उच्च रक्तस्रावले गर्भवतीको मृत्यु हुनेमा तुर्माखाँद गाउँपालिका–१ रहफकी पूर्णकला विक रहेको छ

उनको शुक्रबार मृत्यु भएको रहफ स्वास्थ्य चौकीका अनमी गीता लम्सालले जानकारी दिइन् । नौ महिने गर्भवती विकलाई बिहीबार साँझ प्रशवपीडा भएपछि स्वास्थ्य चौकी लगिएको थियो ।

उनले बच्चा पनि जन्माउन सकिनन् । उच्च रक्तस्रावले उनको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । भौगोलिक विकटताका कारण समयमै सुविधा सम्पन्न अस्पताल पुर्‍याउन नसक्दा उनको मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।

कमेन्टहरु