देश

बुटवलमा मानवअधिकार तथा शान्ति समाजले विश्व अहिंसा दिवस मनायो

जगत ठाडा मगर
२०७८ अशोज १६ | बिहान १०:०६ बजे

बुटवल । मानव अधिकार तथा शान्ति समाजले बुटवलमा विश्व अहिंसा दिवस मनाएको छ । विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिन अक्टोबर २ तारिखमा विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।

बुटवलको राजमार्ग चौराहामा गान्धीको स्मरण गर्दै विश्व अहिंसा दिवस मनाएको हो । समाजका केन्द्रीय सभापति गोविन्द खनालले दिगो शान्तिविना समाज र मुलुकले विकास र समृद्धि हासिल गर्न नसक्ने भएकाले हिंसालाई निर्मूल गर्नेतर्फ विश्वभरकै सरकार र राजनीतिक दलहरुको ध्यान जानुपर्ने बताए ।नेपाल विश्व शान्तिका अग्रदूत बुद्धको जन्मथलो भएकाले संसारभरी शान्ति र अहिंसाको सन्देश फैलाउन लुम्बिनी प्रदेश सरकारले विशेष नीति र योजना बनाउन सभापति खनालले सुझाए ।

हिंसारहित समाज निर्माणमा प्रेरित गर्दै अहिंसा र प्रेममय विचारतर्फ उत्प्रेरित गर्ने अभियान देशव्यापी चलाउन जरुरी रहेको मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डीपी खनालले बताए ।

कमेन्टहरु