समाज

पत्रकारद्वारा न्यायको माग गर्दै प्रहरीमा उजुरी

जगत ठाडा मगर
२०७८ अशोज १५ | मध्यान्ह ०७:०६ बजे

 

विनोद मण्डल
सिरहा । सिरहाको गोलबजार नगरपालिकाको वडा नं ९ का वडा अध्यक्ष रामपुकार कामती विरुद्ध न्यायको माग गर्दै नेपाल पत्रकार महासंघ सिराहा शाखाको उपाध्यक्ष गणेश प्रसाद साहले मिर्चैया प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको छ ।

गत सोमबार राती करिब ९ बजेको समयमा जोबहा प्राकृतिक वनमा संकलित अवस्थाको सखुवा काठ वडा अध्यक्ष कामतीको निर्देशनमा लगिरहेको अवस्थामा स्थानियले जेसिबी र चालकलाई नियन्त्रणमा लिएर मिर्चैया प्रहरीमा खवर गरेका थिए । सोही बिषयमा
मंगलबार स्थानीयसँग सहमति गरेर काठ र जेसीबी छुटाउनको लागि छलफल गर्न वडा अध्यक्ष कामती ईलाका प्रहरी कार्यालय मिर्चैया पुगेका थिए ।

उक्त बिषयमा प्रतिक्रिया लिन पुगेका पत्रकार गणेश प्रसाद साहमाथि वडा अध्यक्ष सहित १०/१२ जनाको समुहले प्रहरी कार्यालय परिसरमा शाह माथी अभद्र ब्यवहार गरेका थिए । घटनाको छानविनको माग गर्दै फोटो पत्रकार महासंघ प्रदेश नं २ ले नागरिकको सुसूचित हुने अधिकार रक्षाका लागि खटिएको पत्रकारलाई जनप्रतिनिधिबाटै हातपात हुनु दुःखद र निन्दनीय भएको भन्दै पत्रकारमाथि हातपात गर्ने सबैलाई कानुनी कारवाहीको माग गरेका छन् भने, नेपाल पत्रकार महासंघ सिराहा शाखाले घटनाप्रति गम्भीर ध्यााकर्षण भएको विज्ञप्ति मार्फत जनाएका छन् ।

शुक्रवार दिउसो करिब ३ बजेको समयमा आफूमाथि भएको अभद्र ब्यवहार विरुद्ध न्यायको माग गर्दै कामती विरुद्ध मिर्चैया प्रहरी कार्यालयमा शाहले निवेदन दर्ता गराएका छन् ।

निवेदन दर्ता गर्न शाखा जिल्ला सदस्यद्धय संजय यादव र विनोद मण्डल प्रहरी कार्यालय मिर्चैया पुगेका मिर्चैया थिए ।

photo 2021 10 01 06 19 31

कमेन्टहरु