राजनीति

मन्त्रिपरिषद् बैठकका चार निर्णय

नवलपुर टुडे
२०७८ अशोज १४ | मध्यान्ह ०६:०६ बजे

काठमाडौ । सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव सिग्देललाई राजपत्रांकित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्युटिओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्वीकृति दिने निर्णयसमेत गरेको बताए ।

उनले सरकारले इन्टरपोलको ८९औँ महासभामा भाग लिन स्वीकृति दिने निर्णय पनि गरेको छ । सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरूका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

कार्कीले भने, ‘आजको मन्त्रिपरिषद्ले जेनेभामा आयोजना हुने डब्ल्युटिओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन स्वीकृति दिने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्वीकृति दिने, सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ठ श्रेणीमा बढुवा गर्ने, विभिन्न मन्त्रालय अन्तर्गतका विकास आयोजनाहरूका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।’

कमेन्टहरु