युवा स्वरोजगारका उपाध्यक्षलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

नवलपुर टुडे
२०७८ अशोज १४ | मध्यान्ह ०२:०६ बजे

काठमाडौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष डा. देवराज रोक्का कल्याणलाई युवा तथा खेलकुद मन्त्रालयले स्पष्टीकरण सोधेको छ।
युवा स्वरोजगार कोषको सम्पर्क मन्त्रालय युवा तथा खेलकुद मन्त्रालय हो । उपाध्यक्ष रोक्का नियुक्ति भए पश्चात् उनले आफ्ना नजिकका सहकारीहरूलाई मात्र अनुगमन गराउन कर्मचारीलाई खटाउने, रकम निकासा गर्ने गरेको आरोप लाग्दै आएको छ।
कर्जा माग गर्ने अन्य देशभरका सहकारीहरूको भने अनुगमन हुन सकेको छैन। दुर्गम क्षेत्र, गरिब र लक्षित वर्गसमेतलाई अन्याेलमा पारेर कार्यक्रम काठमाडौं उपत्यका केन्द्रित बनेको छ।






















