देश

सुन चाँदीको मूल्य घट्यो

नवलपुर टुडे
२०७८ अशोज १४ | मध्यान्ह ०१:०६ बजे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ। महासंघका अनुसार बुधबार ८८ हजार ९ सयमा कारोबार भएको सुन आज २ सय रुपैयाँले घटेर ८८ हजार ७ सयमा कारोबार भइरहेको छ।

तेजावी सुनको मूल्य ८८ हजार २५० कायम गरिएको छ। तेजावी सुन पनि आज तोलाको २ सय रुपैयाँ घटेको हो।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ३५ रुपैयाँ घटेर ११ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको ११ सय ५५ मा काराेबार भएकाे थियाे।

कमेन्टहरु