एमाले–राप्रपाको बहिष्कारबीच सर्वदलीय बैठक सुरु

नवलपुर टुडे
२०७८ अशोज १४ | बिहान ११:०६ बजे

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १०:३० बजेबाट सर्वदलीय बैठक चलिरहेको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी एमालेले भने सरकारले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ । भानु देउवाका अनुसार सर्वदलीय बैठकमा एमालेबाट कुनै प्रतिनिधि सहभागी छैनन् ।
एमालेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि बहिष्कार गरेको थिए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कुनै पनि नेता बैठक सहभागी नभएको उनले बताए ।






















