घुँडाको शल्यक्रियापछि प्रशिक्षणमा फर्किए विमल


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका युवा फरवार्ड विमल घर्ती मगर प्रशिक्षणमा फर्किएका छन्। घुँडाको चोटबाट मुक्त हुँदै विमल प्रशिक्षणमा फर्किएका हुन्। कतारबाट नेपाल आएलगत्तै विमलले यू–२३ टोलीसँग प्रशिक्षण सुरु गरेका छन्।
उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपालले प्रशिक्षण गरिरहेको छ। त्यसपछि उनको गत मार्चमा शल्यक्रिया गरिएको थियो। अखिल नेपाल फुटबल संघ एन्फाको पहलमा विमलले कतारको अस्पेटार अस्पतालमा शल्यक्रिया गरेका थिए। विमलले माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपसमेत गुमाउने छन्।
साफ आउँदो शुक्रबारबाट सुरु हुँदैछ। विमल २०१३ साफ च्याम्पियनसिपमा पाकिस्तानविविरुद्ध नेपाल राष्ट्रिय फुटबल टिमका लागि गोल गरेसँगै एकाएक चर्चामा आएका थिए। विमल नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको छैटौँ स्थानमा छन्। उनले हालसम्म ३७ म्याचमा ८ गोल गरेका छन्। विमलले सन् २०१२ मा डेब्यू गरेका थिए।






















