देश

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

नवलपुर टुडे
२०७८ अशोज १३ | मध्यान्ह ०४:०६ बजे

जनकपुरधाम, १३ असाेज । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

आज दिउँसो आयोगको केन्द्रिय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोलीले मुख्यमन्त्री कार्यालयमा पुगि मागजात नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेकाे छ ।
प्रदेश २ सरकारले २०७६ सालमा सामुदयिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको कार्यक्रमका विषयमा अख्तियारले छानबिन गर्न लागेको टाेलिमा सहभागी एक सदस्यले बताए ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७६ असार १६ गते बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरेको थियो ।
प्रदेश २ का ८ वटै जिल्लाका सामुदायिक विद्यालयमा अध्यनरत छात्रालाई वितरण गर्ने भने पनि विद्यार्थीको संख्या यकीन नगरी साइकल वितरण गरिएको थियो ।

कमेन्टहरु