देश

केरा उत्पादक संघले मन्त्रीलाई दिए ज्ञापनपत्र

नवलपुर टुडे
२०७८ अशोज १३ | मध्यान्ह ०२:०६ बजे

विनोद मण्डल
नवलपरासी । नवलपरासीका केरा उत्पादक किसानहरूले लुम्बिनी प्रदेशका कृषि तथा पशुपंछी विकास मन्त्री सुमन शर्मा रायमाझीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

विश्वमहामारीको चपेटामा परेर अाम मानविय जीवन कष्टमय भएको अवस्थामा सरकारले गरेको निषेधाज्ञाका कारण यहाँका किशानहरु मारमा परेका छन् । सरकारले किसानको मर्म र भावनालाई बेवास्ता गर्दै गरेको निषेधाज्ञाले खेतमा तयारी अवस्थामा रहेका केरा खेतमै कुहिने अवस्था एकातिर छ भने अर्कोतिर भारतीय केरालाई नेपालमा आयात गर्दा नेपालका किसानहरु चर्को मारमा परेका छन् ।

सरकारले केरा उत्पादक किसानलाई वेवास्ता गर्दै भारतीय केरालाई बोर्डरमा चेकजाच नगरी जिल्लामा निरन्तर भित्र्याइरहेको किसानहरूको दाबी रहेको छ । सीमा नाकामा भारतीय केरालाई अवरोध नहुँदा र स्वदेशी केराको उचित बजार भाउ सरकारले निर्धारण नगरिदिँदा किसानहरु यतिबेला छट्पटाएको स्थिति रहेको छ ।

दिनानुदिन केरा किसानको समस्या जटिल बन्दै गएपछि समस्या समाधान सहित भारतीय केरालाई रोक लगाउनुपर्ने अवस्था रहेको संघका अध्यक्ष लख्खु प्रसाद यादवले जानकारी दिनुभयो । ज्ञापनपत्र बुझाउने क्रममा किसानहरूले सरकारले नाकामा भारतीय केरा बोकेर आउने ट्रक लगायतका साधनलाई नरोके आफूहरु नियन्त्रणमा लिने संघले जनाएको छ ।

जिल्लामा केरा उत्पादक किसानहरूको लागि शित भण्डारको व्यवस्था नहुनु, उचित भाउ नहुनु, सहुलियत कृषि ऋणको वातावरण नबन्नु, काठमाण्डौ लगायत देशका विभिन्न भागमा व्यापार गर्ने वातावरण नरहेको र सिन्डिकेट जस्ता सरकारी नीतिका कारणले गर्दा किसानहरूले सास्ती भोग्दै आएका समस्याप्रति तत्काल सरकारले ध्यान दिनुपर्ने अवस्था रहेको छ ।

photo 2021 09 29 01 23 42

 

कमेन्टहरु