देश

सुनको मुल्य उकालो लाग्यो, चाँदी स्थिर

नवलपुर टुडे
२०७८ अशोज १३ | मध्यान्ह ०१:०६ बजे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको छ। मंगलबार सुन तोलामा १ सयले बढेर ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। सोमबार सुन तोलाको ८९ हजार कायम गरिएको थियो।

तेजावी सुन तोलाको ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी तोलाको एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

कमेन्टहरु