कञ्चनपुरको भीमदत्त–१९ वडाको कार्यालय भवन शिलान्यास

नवलपुर टुडे
२०७८ अशोज १३ | बिहान ०८:०६ बजे

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । मंगलबार नगर प्रमुख सुरेन्द्र विष्टले निर्माण हुन लागेको वडा कार्यादय भवनको शिलान्यास गरेका हुन्। नगरपालिकाले वडा कार्यालय निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउदैँ आएको छ।
चार कोठा रहेको दुई तले भवन २०७९ असोज ८ गतेसम्ममा निर्माण गरिसक्ने लक्ष्य लिइएको छ। कार्यालय भवन निर्माणका लागि मित्र महरा जेभीसँग एक करोड ७२ लाख ८६ हजारमा ठेक्का सम्झौता भएको छ।
कार्यालय भवन शिलान्यास गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाले पुर्वाधार निर्माणमा जोड दिएको बताए ।सेवाग्राहीलाई सहज रुपमा सेवा दिन आफ्नै वडा कार्यालय निर्माण गरिरहेको बताए। नगरपालिकाले स्थानीय तहको सरकारपछि अधिकांस वडा कार्यालय भवन निर्माण गरी सेवा दिईरहेको छ।






















