राजनीति

रौतहटमा सरकारको चेतावनी विरुद्ध शिक्षकहरू राजनीति कार्यक्रममा

नवलपुर टुडे
२०७८ अशोज १३ | बिहान ०६:०६ बजे

सुनिल रजक
रौतहट । राजनीतिमा सक्रिय शिक्षकहरू लाई कार्यवाही गर्ने नेपाल सरकारले चेतावनी दिईएको छ । तर यसको खुलम खुला उलंघन भएको पाईएको छ । रौतहटको बौधिमाई नगरपालिकामा एक जना शिक्षकले यो चेतावनीको बेवास्ता गर्दै राजनीति कार्यक्रममा निर्धक्क भएर सामेल भई रहेका छन् ।

श्री शंकर माध्यमिक बिधालय सरमुजवामा कार्यरत एक जना शिक्षक राजनीति कार्यक्रममा सहभागी भएको पाईएको छ । सो बिधालयमा अध्यापन गराउने शिक्षकको तस्बिर सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक भएको छ । मावि सरमुजवामा कार्यरत शिक्षक ओमप्रकाश यादव बौधिमाई नगरपालिकाको भुवालि चौकमा भएको राजनीतिक कार्यक्रममा सहभागी भएको तस्बिर बाहिर आएको छ । मावि सरमुजवामा शिक्षकको अभाव छ ।

शिक्षककै कमीको कारण बिधालयको प्रधानाध्यापक देखि लिएर लेखापाल सम्मले पढाउने गर्दछन् । आज बिधालय संचालन रहेकै समयमा बिधालय छोडी सुटुक्क राजनीति कार्यक्रममा सहभागी हुन पुगेका थिए । कोरोना कहरका कारणले दुई वर्ष देखि बिधार्थीहरूको भविष्य अन्योलमा पुगेको थियो । अब शिक्षकहरू राजनिती कार्यक्रममा सहभागी भएको कारणले प्रभावित हुन पुगेको हो । यो एक उदाहरण मात्र हो शिक्षक यादव अहिलेसम्म दर्जनौं कार्यक्रममा सहभागी भएको अभिभावकहरूको भनाई रहेको छ ।

सरकारले सामुदायिक विद्यालयका शिक्षकहरु राजनीतिक पार्टीमा सक्रिय भए अथवा सहभागी भए कारबाही गर्ने चेतावनी दिएको थियो । शिक्षा विकास तथा समन्वय इकाइले बिहीबार एक विज्ञप्ति जारी गरी यस्तो चेतावनी समेत दिएको थियो । समन्वय इकाइले शिक्षकले राजनीतिकमा भाग लिन नपाउने कानुनी व्यवस्था हुँदा हुँदै विभिन्न राजनीतिक पार्टीमा संलग्न भई सक्रिय राजनीतिमा सहभागी भएकाले पठनपाठन प्रभावित हुँदै गएको जनाएको थियो ।

विज्ञप्तिमा उल्लेख छ‚ ‘ऐन तथा नियमावलीमा भएको व्यवस्था पालना नगर्ने शिक्षकहरुलाई शिक्षा नियमावली २०५९ ९संसोधन सहित०को परिच्छेद २३, नियम १३८ को उपनियम९१० बमोजिम कारबाही हुने व्यहोरा सचेत गराईएको थियो । शिक्षा ऐन २०२८ ९संशोधनसहित०को दफा १६ उपदफा ५ को ‘छ’ मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षकलाई नोकरीबाट हटाइने प्रावधान छ। यस्तै‚ राजनीतिक कार्यक्रममा सहभागी भएमा शिक्षा नियमावलीमा पनि ऐनमा व्यवस्था भएबमोजिम कारबाही हुने उल्लेख छ।

यस विषयमा श्री शंकर मावि सरमुजवाका प्रधानाध्यापक संजय जयसवाल सँग प्रतिक्रिया लिन खोजदा शिक्षक यादवले आफूलाई ईमर्जेन्सी परेकोले गौर जान लागेको भनेका थिए । तर गौर नगई सुटुक्क राजनीतिक कार्यक्रममा सहभागी हुन शिक्षक यादव पुगेका थिए । यस विषयमा जिल्ला शिक्षा समन्वय ईकाई रौतहटका प्रमुख रामविनय कुमार सिंह र बौधिमाई नपाका शिक्षा संयोजक सँग प्रतिक्रिया लिन खोजदा सम्पर्क हुन सकेको छैन् ।

कमेन्टहरु