देश

आइसोलेसनबाट लागुऔषध मुद्दाका थुनुवा फरार

नवलपुर टुडे
२०७८ अशोज १२ | मध्यान्ह ०७:०६ बजे

काठमाडौ । कीर्तिपुरस्थित कोभिड आइसोलेशन सेन्टरबाट लागुऔषध मुद्दाका थुनुवा भागेका छन् ।

सिन्धुली घर भएका राहुल तामाङ आइसोलेशनको शौचालयबाट भागेको महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी ठाकुर पोखरेलले बताए ।

महानगरीय प्रहरी वृत थानकोटले उनलाई लागु औषध मुद्दामा पक्राउ गरेको थियो । कोभिड पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेशनमा राखिएको थियो ।

मंगलबार दिउँसो शौचालयबाट प्रहरीको आँखा छलेर उनी भागेका हुन् । फरार थुनुवाको खोजी भइरहेको डिएसपी पोखरेलले बताए ।

कमेन्टहरु