बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने युवक ५ हजार धरौटीमा रिहा

नवलपुर टुडे
२०७८ अशोज १२ | मध्यान्ह ०३:०६ बजे

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक गणेश पंगेनी धरौटीमा रिहा भएका छन् ।
पंगेनीलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिएका छन् । पंगेनीले भदौ ४ गते बिहान बुटवल-३ ज्योतिनगरको पहिरो निरीक्षण गर्न गएको बेला मेयर सुवेदीमाथि मुक्का हानेका थिए ।
प्रहरीले उनलाई सोही दिन साँझ पक्राउ गरी सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो । मेयर सुवेदीलाई दुव्र्यवहार गर्ने पंगेनी बुटवलको ज्योतिनगरका पहिरो पीडित हुन् ।
उनी एमाले निकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य समेत हुन् ।






















