काठमाडौ टोखाबाट सुनका गहना चोरेको आरोपमा १ जना महिला पक्राउ

नवलपुर टुडे
२०७८ अशोज १२ | मध्यान्ह १२:०६ बजे

काठमाडौ । काठमाडौंको टोखा नगरपालिका–८ स्थित जिरीगाउँबाट सुनको गहना चोरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
पश्चिम रुकुम घर भएकी सजिता परियारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए । असोज १० मा उनले जिरिगाउँ स्थित गहनराज शाहीको घरमा पसेर करिब ७ तोला गहना चोरेको दावी गरिएको छ । तिलहरी ठुलो १ थान, सुनको चुरा ४ थान, मुन्द्रा, औँठी र टप सहित करिब ७ तोला सुन चोरीमा संलग्न परियारलाई परिसर काठमाडौंको टोलीले सोमबार बसन्तपुरबाट पक्राउ गरेको थियो ।
जैसिदेवलमा बस्दै आएकी सजितालाई महानगरीय प्रहरी वृत महाराजगञ्जले चोरी मुद्दामा अनुसन्धान गरिरहेको छ ।






















