राजनीति

नेकपा एमालेका अध्यक्ष ओलीले सम्पादकहरुसँग छलफल गर्ने

नवलपुर टुडे
२०७८ अशोज १२ | बिहान ०८:०६ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् ।

मंगलबार अपरान्ह नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको छ । सरकारबाट बाहिरिएपछि ओलीले पहिलोपटक सम्पादकहरुसँग छलफल गर्न लागेको हुन् । प्रधानमन्त्री छँदा पनि उनले बालुवाटारमा दुई–तीनपटक सम्पादकहरूसँग छलफल गर्दै आइरहेका थिए ।

नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन आयोजना गरेको सन्दर्भका साथै पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न ओलीले सम्पादकहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरेको एमाले नेताहरुले बताएका छन् ।

सम्पादकहरूसँगको छलफल अपरान्ह ४ बजेपछि हुने एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।

कमेन्टहरु