स्वकिय सचिवको बाईक कर छुटको निवेदन

नवलपुर टुडे
२०७८ अशोज ११ | मध्यान्ह ०८:०६ बजे

विनोद मण्डल
सिराहा । माओवादी केन्द्रकी प्रदेश सांसदले स्वकिय सचिवको बाइकको कर छुटको लागि निवेदन दिएकी छिन् ।
प्रदेश नं २ सप्तरीकी समानुपातिक सांसद प्रमिला यादवले आफ्ना स्वकिय सचिव चढने बाईक स ३ प ८८४८ नम्बरको बाइकको कर मिनाहा गरिदिन सिरहाको लहानमा रहेको यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी छिन् ।
उनको स्वकीय सचिब अशोक यादव चढने उक्त बाइकको कर छुट गरिदिनुहुन आफ्नो लेटर प्याडमा निवेदन लेखेकी हुन । उक्त निवेदन लिएर सोमबार अशोक यातायात व्यवस्था कार्यालय लहान पुगेका थिए तर कार्यालयले कर छुट गर्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।






















