समाज

सिराहामा करेन्ट लागेर किसानको मृत्यु

नवलपुर टुडे
२०७८ अशोज ११ | मध्यान्ह ०८:०६ बजे

बिनाेद मण्डल
सिराहा । सिराहामा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा नवराजपुर गाउँपालिका वडा नम्बर -१ करमनियाका मेथी चौधरीका छन ।

नेपाल विद्युत प्राधिकरणको चरम लापरवाहीले किसानले कृषि मीटरको लागि फाराम भरेर दर्ता गरेतापनि समयमा मीटर जडान नहुँदा किसानहरु कतिपय अवस्थामा चोरेर हुकिङ गर्दा अकालमा ज्यान गुमाउनु पर्ने विबसता प्रति गैरजिम्मेवार बन्दा अकालमा किसानले ज्यान गुमाउने स्थिति पनि उत्तिकै छ । जडान भएको मीटरको समय समयमा चेक जाच नगरिँदा उपभोगताले सास्ती भोग्दै आएका छन् ।

उनको आज बिहान खेतमा पानी पटाउने क्रममा आलीमा चिप्लिएर तारमा पर्दा करेन्ट लागेर ज्यान गएको रहामुल्ले जानकारी दिएको छ ।

कमेन्टहरु