लाउडस्पिकर जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

नवलपुर टुडे
२०७८ अशोज ११ | मध्यान्ह ०८:०६ बजे

सप्तरी, ११ असोज । हर्न जोड्ने क्रममा करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका वडा नम्वर २ बेल्हामा सोमबार जितिया सम्बन्धी कार्यक्रमका लागि लाउडस्पिकर (हर्न) जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय २२ बर्षीय दिपेन्द्र मण्डल रहेको प्रहरीले जनाएको छ । करेन्ट लागेर सिकिस्त भएका मण्डललाई उपचारका लागि सिरहाको लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जाएको छ ।






















