नेकपा एकीकृत समाजबादी पार्टीको अगुवा कर्याकर्ता भेला सम्पन्न


बीरगंज ११ असोज । नेकपा एकीकृत समाजबादी पार्टीको बिरगंज महानगरको वडा नं. ८ को अगुवा कर्याकर्ता भेला सम्पन्न भएको छ ।
नेकपा एकीकृत समाजबादी पर्साको अध्यक्ष बालगोपाल थापाको प्रमुख आतिथ्य र शान्ता महर्जनको अध्यक्षता आयोजित भेलामा प्रदेश कमिटी सदस्य किशोरी कुशवाहा, बिरगंज महानगर कमिटीको अध्यक्ष मनोज चौधरी, जिल्ला सचिवालय सदस्य बृजलाल पासवान, शंकर कर्ण, सन्तोष सिंह, जोग कुमारी तामाङ, जिल्ला सदस्य अनिल पटेल, राम कुमार पाण्डे लगाएतले मन्तव्य गरेका थिए भने संचालन उमेश ठाकुरले गरेका थिए ।
भेलाले उमेश ठाकुरको अध्यक्षतामा गठित नेकपा एमालेको समानान्तर वार्ड कमिटी लाई नेकपा एकीकृत समाजबादीमा समाहित गर्ने निर्णय गरेको छ भने सबित्रि रोक्का को अध्यक्षतामा ११ सदस्यीय महिला संगठन र मुकेश महराको अध्यक्षतामा ७ सदस्यीय युवा संघको कमिटी समेत गठन गरेको उमेश ठाकुरले बताए ।






















